‘सूर्योदय नगर आइडल’ हुने

मंगलबार, २४ पुस २०८०
इलाम / सूर्योदय नगरपालिकामा ‘सूर्योदय नगर आइडल’ गायन प्रतियोगिता सञ्चालन गरिने भएको छ । नगरअन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नगरपालिकामा स्थायी बसोबास गर्ने प्रतिभाले यसमा भाग लिन पाउने छन् । विजयीलाई नगद पुरस्कार प्रदान गरिने नगरले जनाएको छ । इच्छुकले सम्बन्धित वडा कार्यालय वा नगरको शिक्षा, युवा तथा खेलकुद शाखामा यही आउँदो माघ ७ सम्ममा निवेदन दिनुपर्नेछ । प्रतियोगिताको मिति भने निवेदन प्राप्त भएपछि तोकिने पनि नगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार