झापामा अज्ञात समूहले धानको कुन्युमा आगो लगाउदाँ दुई बिगाहाको बाली नष्ट

मंगलबार, २४ पुस २०८०
झापा । झापाको कचनकवलमा अज्ञात समूहले खेतमा राखेको धानको कुन्युमा आगजनी गरेको छ । कचनकवल गाउँपालिका ४ बयरवारीका अलवास मियाँको कुन्युमा अज्ञात समूहले आगजनी गर्दा करिब तीनलाखको क्षतिभएको छ । मियाँले दुई बिगाहा खेतमा लगाएको धानकाटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए । दाइँगर्नु अघि नै कुन्युमा आगजनी भएको हो । आगजनीबाट दुई बिगाहाको धान र पराल खरानी भएको पीडितमियाले जानकारी दिएका छन्  । धान र पराल गरी कम्तीमातीनलाख बराबरको क्षतिभएको पीडित मियाँको भनाइ छ । धान र वर्षभरि गाई, गोरुलाई खानपुग्ने परालसमेत डढेर खरानी हुँदाआफ्नो बिचल्ली भएको मियाँले बताए । आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए । इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसभन्दापहिले पनि सो स्थानमा बारम्बार धानको पराल र कुन्यूमा आगजनीका घटना भइरहे पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार