राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन् । उनलाई एमालेले पनि समर्थन गर्ने भएको छ।
मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।
मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो । विष्ट झापाका समानुपातिक सांसद हुन्। योसँगै राप्रपाको दुई वटा प्रदेशमा सभामुख हुने भएको छ ।
बागमती प्रदेशमा भुवनकुमार पाठक राप्रपाका तर्फबाट सभामुख बनेका थिए।
प्रतिक्रिया