झापा १ मा विश्वप्रकाश शर्मालाई ७ हजार मतान्तरको अग्रता

मंगलबार, ०६ मंसिर २०७९
झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले जित हासिल गर्दा कांग्रेसका शर्मा पराजित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार