गायिका ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्न एलिनाको आग्रह

मंगलबार, २४ पुस २०८०
इलाम /  मञ्चमा नाच्दै गाउने क्रममा मञ्च नै भासिएर गायिका ज्योति मगर लडेको घटनाको भिडियो यति बेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस विषयलाई लिएर धेरैले विभिन्न खाले टिप्पणी गरिरहेका छन् ।
ज्योति मगरका अन्य कुरालाई लिएर पनि मजाक भइरहेको छ । केहीले ज्योति मगरलाई हाँसोको पात्र बनाएका छन् त केहीले मञ्च निर्माण गर्ने आयोजकमाथि नै आक्रोश पोखिरहेका छन् ।
गायिका एलिना चौहानले ज्योति मगरको पक्षमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले उनले ज्योति मगर माथि भद्दा मजाक र गालीगलौज नगर्न आग्रह गरेकी छन् ।
उनले यसलाई दुर्घटना भएको भन्दै मजाकको विषय नबनाउन आग्रह गरेकी छन् ।
उनले दुर्घटनाबाट बच्ने खालको मञ्च निमार्ण गर्न समेत आयोजकलाई सुझाव दिएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार