काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुको लागि सहकार्य गर्दै आएकाे सक्सेस एब्रोड स्टडी १०औं वर्ष पूरा गरेर ११औं वर्षमा प्रवेश गरेको छ ।
विस्तारित रुपमा अघि बढ्न र अभिभावक र विद्यार्थीहरुलाई सेवा दिन सक्सेस एब्रोड स्टडीले मंगलबार बागबजारमा नयाँ कार्यालय भवनको उद्घाटन र १०औं वार्षिकोत्सव मनाएको हो ।
सक्सेस एब्रोड स्टडीको एक दशक लामो सफल यात्राको सेलिब्रेसन कार्यक्रममा प्रमुख अतिथिका रुपमा इक्यानका अध्यक्ष शेष राज भट्टराई र उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) लगायतका व्यक्तित्वहरु उपस्थित भएका थिए ।
सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईले एक दशकको यात्राका क्रममा आफूहरुले निकै कठिनाई, गल्ती र अपरिपक्वबाट सिक्दै परिपक्व संस्थाको रुपमा उभिन सफल भएको दाबी गरे ।
उनका अनुसार सुरुवाती दिनमा सक्सेसले जापानमा मात्र विद्यार्थीहरु पढ्न पठाउने गरेकामा अहिले भने विस्तार हुँदै अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियालगायत मुख्य शिक्षा आर्जन गर्न जाने राष्ट्रहरुमा विद्यार्थीहरुलाई पठाउने गरेको छ ।
एक दशकको यात्राको क्रममा विद्यार्थी र विद्यार्थीका अभिभावक दुबैतर्फबाट निकै सकारात्मक प्रतिक्रिया पाएको पनि प्रवन्ध निर्देशक हुमागाईंले बताए ।
प्रबन्ध निर्देशक भव नाथ हुमागाईले एक दशकको यात्राका क्रममा आफूहरुले निकै कठिनाई, गल्ती र अपरिपक्वबाट सिक्दै परिपक्व संस्थाको रुपमा उभिन सफल भएको दाबी गरे ।
सक्सेसको १० वर्षे सफल यात्रा र नयाँ कार्यालय भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित इक्यान अध्यक्ष शेष राज भट्टराईले सक्सेस एब्रोड स्टडीलाई बधाई तथा शुभकामना दिए । यसैगरी उनले सक्सेस एब्रोड स्टडी उच्च शिक्षाका लागि जापान जाने सबैभन्दा उत्कृष्ट संस्था भएको पनि बताए ।
यसैगरी सक्सेस एब्रोड स्टडीमै विगत २ वर्षदेखि म्यानेजर र कन्सल्टेन्टका रुपमा कार्यरत डोल थापामगरले विद्यार्थीहरुलाई एब्रोड पढ्नका लागि पठाइदिने मात्र नभएर सम्पूर्ण व्यवस्थापकीय कुराहरु पनि मिलाइदिने भएकाले विद्यार्थीहरुको रोजाईमा सक्सेस पर्न सफल भएको बताए ।
सक्सेस एब्रोड स्टडीबाटै उच्च शिक्षका लागि जापान जान लागेका विद्यार्थीहरुले आफूहरु आफ्नो दिदी र दाईबाट सक्सेसका बारेमा सुनेर र बुझेर आएको र आफूहरुले सोचे जस्तो नै माहोल पाएको बताए ।
प्रतिक्रिया