मेडिकल व्यवसायी दुर्गा प्रसाईँको गर्जन- २० लाख मुनीको ऋण मिनाहा गरेरै छाड्छु

मंगलबार, २४ पुस २०८०
इलाम / मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब किसानले लघुवित्त वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा मुनिको ऋण मिनाहा गराएरै छाड्ने बताएका छन् । इलामको सन्दकपुर गाउँपालिका ३ को सुलुबुङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । देश छोडेर बिदेसिने युवाको सङ्ख्या बढ्दै गएको भन्दै उनले केही समय पछि नेपालमा युवा देख्न नपाइने भन्दै चिन्ता व्यक्त गरे । धर्म, संस्कृति, राष्ट्र बचाउने अभियानमा आफू रहेको उनको भनाई छ । नेता र तिनका पछि लाग्ने जमात समेत उत्तिकै रहेकाले उनीहरूको जमातले देश बरबाद हुने अभियन्ता प्रसाईँको भनाई छ । भए जति ठुला बैङ्क तथा लघुवित्तमा नेताहरूको शेयर रहेको र उनीहरूकै इशारामा तिनीहरू चल्ने गरेको प्रसाईँको भनाइ छ । सुलुबुङको ताल गाउँमा निर्माणाधीन अत्रेश्वर शिव मन्दिरमा उनी आएका थिए । उनले कार्यक्रम मार्फत नै ३० लाख रुपैयाँ पर्ने मूर्ति प्रदान गर्ने घोषणा समेत गरे । स्थानीयले अभियन्ता तथा मेडिकल व्यवसायी प्रसाईँलाई भव्य स्वागत समेत गरेको मन्दिर निर्माण समितिका सचिव गोपाल खतिवडाले बताए । ताल गाउँमा स्थानीयले मन्दिर निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार