ताप्लेजुङ / ताप्लेजुङमा विद्यालय तोडफोड गरी कम्प्युटर चोरी भएको छ । मैवाखोला गाउँपालिका वडा नं -५ फाकुम्बास्थित पार्टी डाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जन बढी ल्यापटप र कम्प्युटर चोरी भएका हुन्।
शिक्षक शान्ता आङवुहाङका अनुसार गए राति आइटी एकेडेमी फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप ४ वटा डेस्कटप सहितका उपकरण चोरी भएको हो।
चोरी भएपछि आइटी एकेडेमी कक्ष रित्तो भएको विद्यालयले जनाएको छ। शिक्षक आङवुहाङका अनुसार झन्डै साढे ११ लाख बढीको सामाग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।
चोरी भएका अन्य सामानको विवरण समेत सङ्कलन भइरहेकोले चोरीबाट भएको क्षति रकम बढ्न सक्ने बताइएको छ ।
प्रतिक्रिया