कोसी प्रदेशबाट बिभिन्न मुद्धामा १० जना फरार प्रतिवादी पक्राउ

बुधबार, २५ पुस २०८०
विराटनगर । फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत झापा, मोरङ, खोटाङ र सोलुखुम्बु जिल्लाबाट विभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालतहरुबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका सम्बन्ध बिच्छेद मुद्धामा ३ जना, गालि बेज्जति मुद्धाका १ जना, वन मुद्धामा २ जना, बहु बिवाह मुद्दामा १ जना, चोरी मुद्दामा १ जना र चलन हटक मुद्धाका २ जना फरार प्रतिबादिहरुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार