प्रदेशसभाको चौथो अधिवेशन अन्त्यको सिफारिस

बुधबार, २५ पुस २०८०
विराटनगर : कोसी प्रदेश मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।   बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० को प्रदेशसभामा पेस गर्ने, कोसी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानून मन्त्री शमशेर राईले बताए । यस्तै स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मङ्गलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले बताए । विकासलाई प्राथमिकतामा राखेर जनताका गुनासा सम्वोधन हुने हिसाबले प्रदेश सरकार लागि परेको उनको भनाई छ । उनले कृषि र पर्यटनलाई आधार मानेर शिक्षा, स्वास्थ्य र खेलकुदलाई उत्तिकै महत्वका साथ अगाडी बढाउने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार