एक पीडित भन्छन् –‘मुद्दा मामिला गरौ, धेरै हल्ला खल्ला गरौ भनेपनि रकम नपाइएला भन्ने डर, अब नबोलौ, कसैलाई नभनौ भने पनि कसरी होला त समाधान ?’
उता फरार व्यवस्थापक खोजविन गर्न जाँदा व्यवस्थापकका परिवारले आफुहरुमाथी दुव्र्यवहार गरेको अध्यक्ष रुम्दालीले जानकारी दिइन् । उनले भनिन् –‘रातारात व्यवस्थापक त भागीसकेको रहेछ, कोठाबाट ३ ट्रक सामान लगिसक्दा मात्रै हामीले थाहा पायौ । खोजी गर्दै जादा ससुरालीमा उनकी श्रीमती फेला पा¥यौ, उहाँले त हामी माथी दुव्र्यवहार गर्नुभयो ।’
‘व्यवस्थापक आफैले करोड बढी रकम चलाएको जस्तो देखिन्छ । त्यसको हिसाब किताब पनि छैन’ –रुम्दालीले भनिन् । बचतकर्ताको रकम फिर्ता दिन सञ्चालक समिति गम्भिर रहेको उहाँले बताउनुभयो । संस्थाको आफ्नै भवन छ । अध्यक्ष रुम्दाली भन्छिन् –‘सरसर्ती हेर्दा हामीले डेढ करोड जति फिर्ता गर्नुपर्ने रकम देखिन्छ । त्यति रकम भवन विक्रीबाट पनि प्राप्त हुन्छ ।’ संस्थाको ऋण लगानी पनि डेढ करोडको हाराहारीमा रहेको उनले बताइन् । ‘२०७२ सालमा म संस्थाको अध्यक्ष चुनिएकी हुँ, म अध्यक्ष हुनुभन्दा अघि कै समितिले दिएको ऋण असुल गर्न बाँकी छ, मेरो कार्यकालमा त्यस्तो खराब ऋण छैन ।’
हिजो शनिबार फरार व्यवस्थापकलाई सम्पर्कमा आउन भन्दै सहकारीले सूचना समेत प्रकाशन गरेको छ । फरार व्यवस्थापक खोजी गर्न हामी कानुनी प्रकृयामा जादैछौ । विस्तारै सबैकुरा ठिक हुन्छ । उनले भनिन् –‘म यही मिडिया मार्फत् भन्न चाहान्छु, बचतकर्ताको रकम फिर्ता हुन्छ, प्रकृयामा जादा समय अलि बढी लाग्न सक्छ तर हामी सबै रकम फिर्ता गर्न सक्छौ, बचतकर्ता तथा शेयरधनी महानुभावलाई ढुक्क हुन आग्रह गर्दछु ।’ सहकारीले मिनिमार्ट, रेमिट्यान्स सेवा लगायत समेत सञ्चालन गर्दै आएको थियो ।
प्रतिक्रिया