अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिन समेत उपलब्ध गराउन पहल भइरहेको प्रवक्ता दुलालको भनाई छ ।
इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत रहका छन् । विदेशी मुद्रा आर्जन गर्ने नवदेवालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाई छ ।
इलाम नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिए अनुसार नै केन्द्र स्थापना गर्न लागिएको जनाइएको छ ।
महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको हो । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या बढ्ने अपेक्षा लिइएका छ ।
विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा भर्खरै मात्र सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । करिब एक सय ६० वर्षपछि भए पनि सो केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा नयाँ उत्साह थपिएको छ ।
चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बिचबिचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । उनले हाल चिया प्रविधि समेत सिकिरहेका छन् । यसले प्राविधिकलाई थप दक्ष बनाउन समेत मद्दत मिल्ने बताएका छन् ।
अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ ।
स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा लिएको छ । यसले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।
इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ । साथै अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ ।
अलैँची भने पाँच प्रतिशत मात्र नेपालमा प्रयोग हुने र अन्य भारतको बाटो हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको बताइएको छ ।
केन्द्रको निरीक्षण गर्दै इलाम नगरपालिका
आइतबार इलाम नगरपालिकाको टोलीले निर्माणाधीन अनुसन्धान केन्द्रको निरीक्षण गरेका छन् । इलाम नगरपालिकाका प्रमुख थापा सहित प्रवक्ता हुलाल, प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, वडा नम्बर एकका वडाध्यक्ष गायत्रीराम बस्नेत, आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर पाँचका वडाध्यक्ष काजीमान श्रेष्ठ, इन्जिनियर दीपक गुरगाइँ, वडा सदस्य मोहन गुरुङ, निवर्तमान वडाध्यक्ष अम्बिका गौतम, इलाम उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष श्री बिस्ट लगायत जग्गादाताहरूले निरीक्षण गरेका हुन् ।
भवन निर्माणको काम राम्रो र गुणस्तरीय हुनु पर्ने बताइएको छ । अनुसन्धान केन्द्रको स्थापना पछि चिया र अलैँचीको गुणस्तर तथा उत्पादन समेत बढ्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया