इटहरी । राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशले कर्यलयले ५९ औ वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रवार बैंकको कोशी प्रदेशको शाखा कार्यालय विराटनगरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज न्यौपाने , प्रादेशिक रक्तदान कार्यक्रम उपसमिति संयोजक कमल तिमिल्सिना लगायत विभिन्न शाखाका प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी , पूर्व-कर्मचारीहरू , ब्यावसायी, नेपाल प्रहरी , ट्राफिक प्रहरी लगायत विभिन्न क्षेत्रका ब्यक्तीहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा १०० पिन्ट रगत सङ्कलन भएको प्रादेशिक मूल समारोह आयोजक समितिका सदस्य वरुण कर्णले जानकारी दिए ।
रक्तदानका साथै बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यक्रम आयोजना हुने समिति सदस्य कर्णले जानकारी दिए ।
कार्यक्रमको तालिकाअनुसार माघ माघ शनिबार ६ गते प्रभातफेरी , खेलकुद तथा आँखा जाँच शिविर कार्यक्रम हुनेछ । यस्तै माघ १० गते बिबिध कार्यक्रम गरी वार्षिकोत्सवको समापन गरिने समिति सदस्य कर्णले जानकारी दिए ।
यही माघ १० गते बैङ्क ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गर्दैछ ।
प्रतिक्रिया