उनका अनुसार सबै कुरा सुधार गरेर प्रभावकारी ढङ्गले अस्पतालबाट सेवा प्रवाह गर्नेतर्फ केन्द्रित हुनुपर्ने विकास समिति आफन्त, नातागोता र आफूनिकटकालाई कर्मचारी नियुक्त गर्ततर्फ तल्लीन भएको छ ।
‘कर्मचारी भर्नाका लागि विभेदपूर्ण हिसाबले मापदण्ड तयार गर्दै प्रकाशित गरिएको सूचना रद्द हुनुपर्छ,’ ती चिकित्सक भन्छन्, ‘अनेक चलखेलले सरकारी अस्पताल थप धराशायी बन्दै गइरहेको छ ।’
अस्पतालमा नयाँ कर्मचारी नियुक्तिका लागि ३ जनाको पदपूर्ति समिति नै बनाइएको छ । अस्पतालका बालरोग विशेषज्ञ डा। रामनारायण चौधरी नेतृत्वको समितिमा फिजिसियनहरु डा. दिनेश न्यौपाने र डा। मनोज ठाकुर सदस्य छन् ।
बायोमेडिकल इन्जिनियर यसअघि नै नियुक्त
कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरिए पनि अस्पतालमा एक जना बायोमेडिकल इन्जिनियर भने यसअघि नै नियुक्त गरेको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. सिलवालनिकटका गोविन्द मिश्रलाई बिना प्रतिस्पर्धा नियुक्ति दिइएको हो । सिलवालकै निर्देशनमा मिश्रले पाँचौँ तहको नियुक्ति पाएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार विवाद हुने देखिएपछि अहिले भने प्रक्रिया पूरा गर्नका लागि मात्रै विज्ञापन गरेर दरखास्त आह्वान गरिएको हो । ‘दरखास्त आह्वान गरिए पनि एक जना बायोमेडिकल इन्जिनियरमा मिश्रले नै नियुक्ति पाउने हो,’ एक कर्मचारी भन्छन्, ‘यसअघि प्रक्रिया पूरा नगरीकन गुपचुप नियुक्त गरिएको थियो ।’ अस्पताल विकास समितिको पुस २२ गते बसेको बैठकले मिश्रलाई करारमा नियुक्त गर्ने निर्णय गरेको ती कर्मचारी बताउँछन् ।
उनका अनुसार खुला प्रतिस्पर्धाबाट सम्भव नदेखिएपछि डा. सिलवालको एकलौटी दबाबमा मिश्रले नियुक्ति पाएका हुन् । ‘अहिले आएर पाँचौँ तहको दुई जना बायोमेडिकल इन्जिनियरका लागि दरखास्त आह्वान गरिएको छ । अर्को पनि सिलवालनिकटकै व्यक्तिलाई नियुक्त गर्ने तयारी छ,’ ती कर्मचारी भन्छन् ।
अस्पताल विकास समितिका अध्यक्ष डा. सिलवालले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । ‘म अहिले बाहिर छु,’ उनले भने, ‘मेसु मेडिकल सुपरिटेन्डेन्टलाई सोध्नु होला ।’
अस्पतालका मेसु डा.चन्द्रलाल झाले भने करारमा कर्मचारी नियुक्त गर्न लिखित परीक्षा लिइरहन नपर्ने दाबी गरे । ‘स्थायी भए लिखित र अन्तरवार्ता दुवै लिनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘करारका कर्मचारीलाई अन्तरवार्ताबाट मात्रै राख्न सकिन्छ ।’ लिखित परीक्षा लिँदा नियुक्तिको प्रक्रिया झन्झटिलो र लामो हुने भएकाले दरबन्दी कम भएको पदमा अन्तरवार्ताका माध्यमबाट मात्रै कर्मचारी राख्न खोजिएको डा। झाको भनाइ छ ।
‘सङ्ख्या बढी भएको पदमा भने लिखित र अन्तरवार्ताबाटै कर्मचारी नियुक्त गर्न प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘निष्पक्ष र खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट गरेर नियुक्त गरिने छ ।
’ बायोमेडिकल इन्जिनियरलाई कुनै नियुक्ति नदिएको उनको जिकिर छ । ‘उ मिश्र दुई–तीन महिना पहिलेदेखि नै कार्यरत हो । नयाँ नियुक्ति दिएको छैन,’ डा. झाले भने, ‘अस्पतालमा बोयोमेडिकल इन्जिनियरको अति नै जरुरी परेर राखिएको हो । अरू केही हैन ।’
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अस्पतालमा कर्मचारी भर्नासँग सम्बन्धित कुनै गुनासो हालसम्म नआएको बताए । ‘मैले यो कुरा भर्खरै थाहा पाएँ,’ उनले भने, ‘के भएको रहेछ, अब बुझ्छु ।’
प्रतिक्रिया