५८ वर्ष पूरा गरी ५९ औ वर्ष लागेको अवसरमा बुधवार इटहरी पुर्वलाईनमा रहेको बैकको कार्यालयमा विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बैकका ९ जना सेवाग्राही र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । ५ जना उत्कृष्ट बचत कर्ता , ४ जना उत्कृष्ट ऋणी र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको बैकका सहायक प्रमुख महेश नेपालले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष तथा बैङ्क इटहरी शाखाका प्रमुख वरुण कर्णले वार्षिक उत्सवको अवसरमा विभिन्न सुविधाहरू ल्याएको बताए । वार्षिक उत्सवको अवसरमा मोबाइल तथा इन्टरनेट बैङ्किङ एटिएम तथा लकर सेवामा विशेष छुट गरिएको समेत प्रमुख कर्णले बताए ।
वाणिज्य बैङ्कले देशकै बैकहरूको नेतृत्व गरिरहेको समेत कर्णले बताए । भने कार्यक्रम सञ्चालन तथा सहजिकरण महेश नेपालले गरेका थिए ।
कार्यक्रममा बैङ्कका कर्मचारी पूर्व कर्मचारीहरू सेवाग्राही तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
२०५० साल माघ १० गते इटहरीमा स्थापना भएको वाणिज्य बैङ्क शाखाले निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया