बर्जु महोत्सव:खेसरीलाल यादव आउँदा पुनः झडप, पाँचजना घाइते

मंगलबार, ०३ माघ २०७९
सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ । हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो । यसवर्ष पनि आज (मंगलबार) कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा पाँचजना घाइते भएका छन् । स्थानीय सहभागीका अनुसार कार्यक्रममा प्रवेश शुुल्क महङ्गो भएको भन्दै केही व्यक्तिहरूले विरोध जनाएपछि झडपको स्थिति आएको हो । झडपमा परी तीनजना प्रहरी र कार्यक्रम स्थलमा पुगेका दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार महोत्सवमा टिकटको विषयमा विवाद भएपछि झडपको स्थिति आएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँचजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गत वर्ष माघ ४ मंगलबार बर्जु महोत्सव यादव आउने कार्यक्रम थियो । तर, स्थानीय प्रशासनले उनलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको थियो । आक्रोशित भीडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियोमा आगजनी गरेको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रम स्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार