मानसिक सन्तुलन गुमेकी युवति केराबारीमा बलात्कृत ः लेटाङका विश्वकर्मा पक्राउ 

शुक्रबार, १२ माघ २०८०
विराटनगर । मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मा रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले मानसिक अवस्था ठिक नभएकी १८ बर्सिया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनका अनुसार घटना बिहीबार साँझ ६ः३० बजेतिरको हो । विश्वकर्माले ललाइफकाइ केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी पीडितकी आमाले प्रहरीलाई दिएकी हुन् । घटनाको जानकारी पाउनसाथ उनलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए । इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएका विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रवार किटानी जाहेरी दिएकी छन् । उनी विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । घटनाका सम्बन्धमा इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको डिएसपी दाहालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार