बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना पक्राउ

मंगलबार, १६ माघ २०८०
धरान । बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले भने, ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।’ पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् । क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार