इटहरी- इटहरीस्थित विराटनगर लाइनको नबिल बैङ्क नजिकैबाट इटहरी चोकसम्म आइपुग्ने छ लेन सडकको काम द्रुत गतिमा निर्माण सुरु भएको छ ।
इटहरीको शुभकामना बोहोरा युनिक जेभीले ठेक्का पाएको उक्त ४ सय ८५ मिटर सडक ०८१ मङ्सिर मसान्त सम्ममा निर्माण सम्पन्न हुने साइड इन्चार्ज आलोक गिरीले बताए ।
केही समय छ लेन सडकमा पार्ने भौतिक संरचनाहरूका कारण निर्माण कार्य अवरुद्ध भएको सडकको काम अहिले द्रुत गतिमा भइरहेको उनको दाबी छ ।
रानी- विराटनगर-इटहरी-धरान सडक योजनाले तीन करोड ५० लाखमा उक्त योजनाको ठेक्का लगाएको हो ।
करिब डेढ महिना अघिबाट सुरु भएको निर्माण कार्यको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको जेभीका सञ्चालक राजेश बोहोराले बताए ।
कामले गति लिएपनि राजमार्गमा भएका विद्युतका संरचना, खानेपानीको पाइप र अव्यवस्थित रूपमा राखिएको तारहरूका कारण समस्या भइरहेको उनले बताए ।
प्रतिक्रिया