जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।
देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।
प्रतिक्रिया