कोरिया पठाइदिने भन्दै तालिम, युवाबाट संकलित ३२ लाख रुपैयाँ फिर्ता

बुधबार, १७ माघ २०८०
इलाम। मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो । त्यसबारे उजुरी परेपछि इलाम जिल्ला प्रशासनले छानबिन गरेको थियो । प्रशासन कार्यालयका अनुसार उक्त ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो । तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको प्रशासनले जनाएको छ । यसैगरी, बाँकी तीन जनाको आधा रकम समेत गरी ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको जनाइएको छ । कोरिया जान पाउने आशामा सेन्टरमा करिब तीन सय जनाले तालिम लिएका थिए । तालिम लिन आवेदन दिनेमध्ये छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिएको पाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार