राजवंशी जस्तै समस्यामा रहेको अर्काे एक राजवंशी परिवारका लागि समेत उनले नगद ५ हजार एक सय रुपैयाँ प्रदान गरिन् ।
क्यान्सर रोगसंग लडिरहेकी डाँगीवारीकै सीता राजवंशीको उपचारका लागि उनले आर्थिक सहयोग गरेकी हुन् ।
बाह्रदशी जेसीजसंगको सहकार्यमा समाजसेवी बलराम डाँगीले गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थी र मानसिक सन्तुलन गुमाई सडकमा हिँड्ने तीन जना नागरिकका लागि न्यानो कपडा वितरण गरेका थिए ।
सो कार्यक्रमका लागि पुगेकी इन्द्रमायाले आगलागी पीडित र क्यान्सर पीडित परिवारलाई समेत सहयोगको खाँचो रहेको भन्दै सहयोग गरेसँगै डाँगीवारी वजारवासीको प्रतिनिधित्व गर्दै दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष टोम राजवंशीले विजय राजवंशीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
‘आफूले पाएको भत्ता वापतको रकम समेत सेवामा खर्चिएकी इन्द्रमाया आमाले हामीलाई पनि सेवामा लाग्न पे्ररित गर्नुभएको छ’– मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजवंशीले भने– अहिले हामीसँग भएको रकम तत्काल उपलब्ध गराएका हौं, आगामी दिनमा पनि उहाँहरुलाई सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछु ।
बाह्रदशी जेसीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्रप्रसाद चम्लागाँईले स्थानीय सरकारको तर्फबाट पनि दुवै परिवारलाई आर्थिक सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।
विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेर डाँगी परिवार र बाह्रदशी जेसीजले राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरे ।
बाह्रदशी जेसीज सन् २०२४का अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चम्लागाँईको प्रमुख आतिथ्यमा तीनवटै कार्यक्रम एकैसाथ सम्पन्न भएको थियो ।
सो कार्यक्रममा बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल, दाता परिवारका तर्फबाट बलराम डाँगी, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष टोम राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाह्रदशी जेसीजका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले स्वागत गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सदीक्षा खड्काले आस्था वाचन गरेकी थिइन् ।
कार्यक्रममा बाह्रदशी गाउँपालिका–७का वडाध्यक्ष मित्रराज भट्टराई, बाह्रदशी जेसीजका संस्थापक अध्यक्ष बिगम श्रेष्ठ, पूर्वअध्यक्ष पुष्पलाल धमला, राजवंशी समाज विकास समिति बाह्रदशी–७का अध्यक्ष राजु राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन बाह्रदशी जेसीजका महासचिव सञ्जय साहले गरेका थिए ।
प्रतिक्रिया