विराटनगर । तेह्रथुम घर भएकी एक महिलालाई प्रहरीले बिहीबार दिउँसो लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगरबाट पक्राउ गरेको छ ।
तेह्रथुमको छथरकी ४६ वर्षीया नर्वदा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले लिम्बूलाई विराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाटबाट दिउँसो ३ बजेतिर पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर पैदल नै नेपाल आउँदै गरेकी उनलाई शङ्का लागेर खानतलासी गर्दा साथबाट १।१३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ ।
लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनी विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
तस्बिर : साङ्केतिक
प्रतिक्रिया