प्रदेश १ सरकारको प्रशासन सुधार गर्न पूर्वसचिव चन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा पूर्वसहसचिव बाबुराम पौडेल र प्रदेश १ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कृष्ण सापकोटा रहेका छन् ।
कार्यदलले प्रदेश सरकारको संरचना र दरबन्दी कस्तो बनाउने, निजामती कर्मचारीलाई कसरी चुस्त दुरुस्त बनाउने, संघीय सरकार र स्थानीय तहबीच कसरी समन्वय गर्ने भन्ने विषयमा सुझाव दिनेछ ।
यस्तै कार्यदलले प्रदेशको राजश्वको दायरा कसरी बढाउने र यसको कार्ययोजनाको बारेमा समेत सुझाब दिने प्रदेश १ का विनाविभागीय मन्त्री भक्ति सिटौलाले बताए । कार्यदलले दुई महिनाभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
प्रतिक्रिया