लोकतान्त्रिक आन्दोलनका क्रममा उनी जेलसमेत परेका थिए । त्यसैगरी इलाम नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सोमनाथ सुसेलीलाई पुरस्कृत गरेको छ । २१ हजार १११ रुपैयाँ नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुसेलीलाई पुरस्कृत गरेको हो ।
त्यसैगरी सोही राशिको उत्कृष्ट दुग्ध उत्पादक पुरस्कार पार्वती कटवाल, उत्कृष्ट फलफूल उत्पादक पुरस्कार सामवेद चापागाईँ, उत्कृष्ट चिया उत्पादक कृषक पुरस्कार डम्बर खत्रीले पाएका छन् । त्यस्तै नगरपालिकाले पूर्वसचिव खेमराज नेपाल, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वक्याम्पस प्रमुख खगेन्द्रनाथ शर्मा, खेलकुद क्षेत्रमा योगदान पुर्याएका नन्दकुमार राईसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका १५० जनाभन्दा बढीलाई सम्मान गरेको छ ।
प्रतिक्रिया