ठेकेदार कुमार गिरी[/caption]
गिरीले आफूले काम भने गर्न नसकेको स्वीकार गरेका छन् । ‘बाँकी रहेका केही कामहरू चैत मसान्तसम्ममा सक्छु । यसअघि केही अवरोध भएकाले समस्या भएको हो । ‘लो बिट’मा ठेक्का हालियो । निक्कै घाटा लाग्यो,’ उनले भने, ‘आर्थिक मान्दिले समेत असर गर्यो । असारअघिको भुक्तानी समयमै पाएको भए काम गर्न सहज हुने थियो ।
बहुजातीय सङ्ग्रहालयको काम गर्न थोरै समय लाग्ला । तर, अरू काम केही समयमै सक्छु ।’ काम अलपत्र परेको कुरा अरूलाई देखाएर पन्छिन नमिल्ने बताउँदै गिरीले यसमा आफ्नो कमजोरी रहेको स्वीकार गरे ।
त्यस्तै, इटहरीका अन्य योजना अलपत्र पार्ने अर्को निर्माण कम्पनी सिराहाको अङ्कित प्रा.लि हो । अङ्कितले स्मार्ट शौचालय र इटहरी–१६ को हक्राहा खोलाको बक्स पुल निर्माणको सम्झौता गरेको थियो । तर, काम बिचमै छाडेर सम्पर्कविहीन बनेको छ ।
भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको जिम्मा लिएर काम गरेको छैन ।
इटहरी–२० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटनिङ वाल लगाउने काम अलपत्र छाडेको छ ।
खनार प्रहरी चौकी–भानु मार्ग भारबी रोड कालोपत्रे योजना आरवन कन्स्ट्रक्सन र इटहरी–१६ को घोइन्डा खोलाको पुल निर्माण गर्ने जिम्मा एमके कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेको छ ।
इटहरी–१५ स्थित भोटिया खोलामा पुल बनाउने ठेक्का पाएको भैरव नारायण जेभी नेपालगन्जले काम गर्न सकेको छैन ।
एकभन्दा बढी ठेक्का लिएर काम नगर्ने कम्पनीहरूलाई कारबाही गरिने इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए ।
तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कानुनले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उनको भनाइ छ ।
पौडेलका अनुसार कानुनको छिद्र प्रयोग गर्दै एक भन्दा धेरै ठेक्का लिने, योजना विट गर्दा कम रेटमा गर्ने, कामै नगरी बिचमै छाडेर अलपत्र पार्ने र ढिलो काम गर्दै अल्झाएर म्याद मात्रै थप गर्न लगाउने ठेकेदारहरूको नियत ठिक देखिँदैन ।
गलत नियम राखेर काम गर्ने निर्माण कम्पनीलाई कारबाहीको विकल्प नरहेको उनले बताए ।
प्रतिक्रिया