ताप्लेजुङ : प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङ शाखाले जिल्लामा क्रियाशील तीनजना पत्रकारलाई आइतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष केशबप्रसाद भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान कार्यसमिति उपाध्यक्ष गंगा लिङ्खिम रहेका छन् ।
पूर्वअध्यक्ष भट्टराई नयाँपत्रिका दैनिकमा आवद्ध छन् भने पूर्वसचिव भट्टराई अन्नपूर्णपोष्ट दैनिक र लिङ्खिम स्थानीय रेडियो तमोरमा कार्यरत छन् ।
तीनजना पत्रकारलाई समान १० हजार १०५ रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त पालुङ्वाले जानकारी दिए । उनीहरुलाई नेकपा ९एमाले०का सचिव एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोसल्ला सहित सम्मानपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेबी पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
प्रतिक्रिया