प्याब्सन स्पोर्टस् मिट ः ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

सोमबार, २२ माघ २०८०
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ । अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार ती विद्यार्थीले दर्जनभन्दा बढी विधाका खेल प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता अन्तर्गतका खेलहरू सहिद मैदान, विराटनगर जुट मिलको खेलमैदान र एभरेस्ट कलेजको खेल मैदानमा हुनेछ । प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुन सहयोग गर्ने उनले बताए । स्पोट्र्स मिटमा एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट लगायत २५ भन्दा बढी बिधामा खेलका साथै कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ । यस्तै, प्याब्सन प्रेसिडेन्ट कप यु–१५ फुटबल पनि सञ्चालन हुने जनाइएको छ । फुटबलमा पालिकाबाट विजयी भएर आएका विद्यालयले सहभागी हुने अवसर पाउनेछन् । यसैगरी, कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार