अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ, सिस्टममा ल्याउन दुई वर्ष लाग्छ: अर्थमन्त्री महत

बुधबार, २४ माघ २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बन्दै गएको दाबी गरेका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सव तथा ’अर्थतन्त्र पुनरूत्थानमा सरोकारवालाको भूमिका’ विषयगत अन्तरक्रिया कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भने, ‘किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’ अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए । ‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार