कोशी प्रदेश सरकार र पहिचानवादीबिच पाँच बुँदे सहमति

शुक्रबार, २६ माघ २०८०
विराटनगर । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँगकाे वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल भएकाे छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशकाे पुन: नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएकाे छ । पहिचान पक्षधरले निषेधकाे आन्दाेलन फिर्ता लिएर शान्तिपूर्ण आन्दाेलन गर्ने, आन्दाेलनमा घाइते भएकाहरूकाे निःशुल्क उपचार, आन्दाेलनकारीहरूमाथि लगाइएकाे मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगाबै दुबै पक्षकाे सहमतिमा पुनः वार्ताका लागि मिति ताेक्ने सहमति भएकाे वार्ता समितिका संयाेजक भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताएका हुन् । याे वार्ताले प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकाेले विकास समृद्धिकाे कामले तिव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । पढ्नुहोस् पाँच बुँदे सहमति

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार