इलाम : इलामको रोङ गाउँपालिकाबाट हराएका एक बालक अझै फेला परेका छैनन् । गएको बिहीबार देखी हराएका उनी अझै फेला पर्न नसकेका हुन् ।
धरान घर भई मावली घर इलामको रोङ गाउँपालिका–२, दूधे आएका उनी अझै फेला पर्न नसकेपछि परिवारमा त्रास छाएको छ । विजय र सम्झना तामाङका ६ वर्षे छोरा निर्भीकको खोजीका लागि कुकुरको प्रयोग समेत गरेर खोजी गरिएको भए पनि उनी फेला पर्न सकेका छैनन् ।
प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर खोजी गरिरहेको भए पनि उनको पत्तो लाग्न नसकेको बताइएको छ ।
मावलकी काकी हजुरआमासँग नजिकै रहेको दोकान जान भनी हिँडेका उनी फर्किएर नआएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रकाश जबेगू नेतृत्वमा २५ जनाको टोली खटिएको छ ।
निर्भीक मावली घरमा आफन्तको बिहेका लागि आएका थिए । बालकलाई दोकानसम्म लैजाने उनकी हजुरआमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी प्रकाश जबेगूले बताए ।
बालकलाई कसैले देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत आफन्तले आग्रह गरेका छन् ।
प्रतिक्रिया