ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषक समूहलाई अनुदानमा राँगा वितरण गरेको छ । भैँसी तथा राँगाको नस्ल सुधारका लागि उन्नत प्रजातिको राँगा वितरण गरिएको हो ।
५० प्रतिशत मुर्रा प्रजातिको राँगा स्थानीय कृषक समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्र तामाङले जानकारी दिए । उनका अनुसार स्थानीय साँझ बिहान कृषि तथा पशुपन्छी फर्मलाई ५० प्रतिशत मुर्रा प्रजातिको राँगा हस्तान्तरण गरिएको छ ।
भैँसी तथा राँगाको नस्ल सुधार गरी व्यावसायिक पशुपालन, दुध र मासु उत्पादनमा वृद्धि गरी स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन पालिकाले चालू आर्थिक वर्ष २०८०।८१ को बजेटमा उन्नत प्रजातिको नस्ल सुधारका गर्न बजेट विनियोजन गरेको थियो ।
सोही बजेटबाट मुर्रा प्रजातिको राँगा समूहमार्फत समुदायमा पुग्ने गरी वितरण गरिएको पालिकाले जनाएको छ ।
सो गाउँपाकिामा भैँसी पाल्ने किसानको सङ्ख्या उल्लेख्य रहेको छ ।
प्रतिक्रिया