फिदिममा बौलाहा कुकुरको टोकाइबाट एकै दिन ९ जना घाइते 

सोमबार, २९ माघ २०८०
पाँचथर / पाँचथरको फिदिम बजारमा बौलाहा कुकुरले आतङ्क मच्चाएको छ । सोमबार बिहान मात्रै नौ जनालाई कुकुरले टोकेर घाइते बनाएको छ ।
घाइतेहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
फिदिम बजार र गढी क्षेत्रका बासिन्दालाई कुकुरले टोकेर घाइते बनाएको जनाइएको छ ।
बिहान मात्र नौ जनालाई टोकेको भए पनि पछि संंख्या बढ्न सक्ने बताइएको छ । घाइतेको संख्या अझ बढ्न सक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार