इलाम / माईजोगमाई गाउँपालिकाको १५ औ गाउँ सभा सम्पन्न भएको छ । सभाले एक करोड २८ लाख ५० हजारको बजेट पारित गरेको छ ।
माईजोगमाई गाउँपालिकाको कर्मचारी प्रोत्साहन ऐन २०८० समेत गाउँ सभाबाट पास भएको छ । साथै पालिकालाई कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडकलाई प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।
गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेको अध्यक्षतामा सभा सञ्चालन भएको उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् ।
प्रतिक्रिया