राजस्व छलि गरेको सिमेन्ट सहित दुईवटा ट्रक र ट्याक्टर पक्राउ

मंगलबार, ०१ फागुन २०८०
धरान । राजस्व छलि गरेको ८ सय २० बोरा सिमेन्ट, फलाम लगायतका विभिन्न समानहरु सहित दुई थान ट्रक, एक थान ट्याक्टर प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका जिरोप्वाईन्ट स्थित बिभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा ईटहरी बाट धरान तर्फ आउदै गरेको प्रदेश २–००१ ख ९७३२ र प्रदेश ०१–०३–००१ ख ८५०८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा हंकसी कम्पनीको सिमेन्ट ४ सय ४० बोरा र प्रदेश ०१–०३–००१ ख ८५०८ नं. को ट्रकमा सोही कम्पनीको ३ सय बोरा सिमेन्ट राजस्व छलि गरि ल्याउदै गरेको अवस्थामा फेला परि उक्त सिमेन्ट तथा दुई थान ट्रक बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताए । यसैगरी धरान–८ तिनकुनेमा चेकजाँच गर्ने क्रममा इटहरी बाट धरान तर्फ आउदै गरेको लु. १ त १८१० नं. को को ट्याक्टरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा लौड भएको ओ.पि.सि. कम्पनीको सिमेन्ट ७० बोरा, फलामको पाईप १६४ किलोग्राम, ७ बोरा, रातो कलर १२ लिटर, बाहिरी प्राईमर १० लिटर, भित्री प्राईमर १० लिटर, सनमाईका २० पिस, ईनामेल सेतो १० लिटर, चक्लेटी कलर १२ लिटर, हत्ता १२० पिस, कब्जा १२० पिस सामानहरु बरामद गरिएको उनले बताए । राजस्व छलि गरि ल्याएको सवारी साधान, समानहरु लगायत ट्याक्टर चालक जिल्ला ताप्लेजुङ पाथिभरा याङवरक गा.पा.वडा नं. ०६ बस्ने ३१ व्र्षिया सुरबिर रसाईली समेतलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरी नायब उपरिक्षक नवराज बताए ।  

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार