भूकम्पबाट बच्ने उपायका बारेमा चर्चा गरिएको थियो । भूपम्पिय जोखिम न्यूनीकरणमा समेत सचेत अपनाउनाले कम क्षति हुने भएकाले यसका बारेमा समेत चर्चा गरिएको थियो ।
हेरिटेज नेश्नल एकेडेमीमा समेत तालिम प्राप्त सैनिकहरूबाट सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । ग्यासका कारण आगलागी भएमा सहजै घरायसी औजार प्रयोग गरेर आगो नियन्त्रण गर्न सकिने बताइएको छ । सुरुमा नै देखे दुर्घटनाबाट कम क्षति हुने बताइएको छ । नआत्तिईकन पहिला ग्यासलाई बन्द गर्न लाग्नु पर्ने बताइएको छ । त्यस्तै घरमा आगलागी भएमा समेत सचेत भएर आगलागी नियन्त्रण गर्न सकिने कार्यक्रममा जानकारी गराइएको छ ।
विद्यालयमा ग्यासका कारण आगलागी भएमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक अभ्यास समेत सञ्चालन गरिएको विद्यालयमा प्रधानाध्यापक सञ्जीव बल तामाङले जानकारी दिए ।
विद्यालयले नेपाली सेनासँगको सहकार्यमा सो सचेतना कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक याम काफ्लेले बताए ।
आगलागीबाट घाइते भएमा सुरुमा प्राथमिक उपचार ठुलो चोटपटक लागेमा प्राथमिक उपचारपछि ठुला अस्पतालमा कसरी लैजाने भन्ने अभ्यास गरिएको थियो ।
प्रतिक्रिया