विराटनगरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

मंगलबार, ०८ फागुन २०८०
विराटनगर । विराटनगरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशस्थित भर्साली साहापुरका २१ वर्षीय मोहमद सलमान सोमबार साँझ पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट सलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १.१२ ग्राम ब्राउन सुगर फेला परेको थियो । साथबाट ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । यस विषयमा इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । सलमानविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार