इटहरी / सुनसरीको जिल्लाको दुहबी नगरपालिका वासीले ६ लेन सडक विस्तार बारे सरकारलाई तीन मध्ये एक विकल्प रोज्न सुझाव दिएका छन् ।
दुहबी नगरपालिका स्थित मेनरोड वासीले मंगलरबार पत्रकार सम्मेलन गरेर सडक विस्तार बारे तीन मध्ये एक विकल्प नरोजे सरकारका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
दुहबी नगर बचाऔँ संयुक्त संघर्ष समितिका संयोजक मुरलीप्रसाद अग्रहरीले धरान–विराटनगर सडक खण्ड अन्तर्गत दुहबीको ऐतिहासिक बजारलाई यथास्थितिमा राखी राख्नका लागि बजारको पूर्व र पश्चिम दुवै तर्फको बाइपास सडकलाई मुख्य राजमार्गको रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।
यदि राज्यले दुहबी बजारको दुवै तर्फको बाइपास सडकलाई मुख्य राजमार्गको रुपमा प्रयोग नगरी धरान–विराटनगर सडक खण्ड अन्तर्गतको मुख्य बजार क्षेत्रबाट नै मुख्य राजमार्ग निकाल्ने हो भने त्यहाँ बसोवास गरी रहेका जग्गा र घर धनीलाई चलन चल्ती अनुसार मुआब्जा दिन सुझाव दिएका छन् ।
सरकारले दुहबी वासीको मागलाई व्यवस्था गरेर अगाडि बढेको खण्डमा सशस्त रुपमा संघर्ष गर्ने संघर्ष समितिले चेतावनी दिएका छन् । यतिखेर धरान–विराटनगर सडक खण्ड अन्तर्गत दुहबीको मुख्य बजारमा ५४ फिटका सडक रहेका छन् ।
सरकारले हालको सडकलाई ६ लेनको सडक बनाउन दुवै तर्फ ६ ६ मिटर गरी १२ मिटर सडक विस्तार गर्न लागेको छ । सरकारले यसरी १२ मिटरको सडक विस्तार गर्दा दुहबी बजार क्षेत्र बसोवास गरी रहेका तीन सय भन्दा बढि घर परिवारको घर पूर्ण रुपमा भत्काउनु पर्ने भएकोले ती सबै परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया