मापसे सेवन गरेर मोटरसाइकल चलाउँदा मोरङमा युवकको मृत्यु

बुधबार, ०९ फागुन २०८०
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ मा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार पुष्पलाल चोकबाट मानगढतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १२ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान गाउँपालिका–१ का २४ वर्षीय शम्भु माझीको मृत्यु भएको छ । गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको न्यौपानेले बताए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ग्रामथान–१ का २६ वर्षीय राहुल माझीको कोशी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर रातको समयमा तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । तस्बिर: फाईल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार