त्रिविको २०औं उपकुलपतिमा बराल

विहीबार, १० फागुन २०८०
काठमाडाैं  । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका हुन्। छनोट समितिले गरेको सिफारिशका आधारमा प्रधानमन्त्री दाहालले बराललाई उपकुलपति नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले बताएका छन्। उपकुलपति छनोट समितिले आवेदन दिएका ४३ जनामध्ये तीन जनाको नाम सिफारिश गरेको थियो। जसमा प्रा.डा. बरालसँगै प्रा.डा. चित्रबहादुर बुढाथोकी र प्रा.डा. टंकनाथ धमला थिए। बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। २०६४ सालमा पोखरा विश्वविद्यालयका उपकुलपति नियुक्त भएका बराल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। त्यसमा उनले सफाइ पाएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार