काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुनसरीमा हुने दुईवटा कार्यक्रममा सहभागी हुँदैछन ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन अध्यक्ष ओलीले आज ११ बजे गर्ने कार्यक्रम छ ।
यसैगरी इनरुवाको साइराम पार्टी प्यालेस सखुवागाछी दिउसो १ बजे एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली काठमाडौबाट बिराटनगर आइसकेको बताइएको छ ।
प्रतिक्रिया