विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट

मंगलबार, २२ फागुन २०८०
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । आज साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् ।
यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार