सूचना प्रविधिका जानकार भन्छन्, ‘अवसर नेपालमै छ’

शनिबार, २० बैशाख २०८२

इटहरी : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको पहिलो सूचना प्रविधि समीटका वक्ताहरूले सूचना र प्रविधिका क्षेत्रमा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । समीटमा आफ्नो धारणा राखेका यस क्षेत्रका जानकारहरूले सम्मानसहित बाँच्नका लागि कुनै पनि युवाहरूले विदेश जानु नपर्ने बताएका हुन् । 

‘अबको समय भनेको योजनाको निर्माण गर्नेहरूको हो । भिजनको निर्माण जसले गर्न सक्छ त्यो नै भविष्यमा सफल बन्न सक्छ ।’ क्लाउड फ्याक्ट्री कन्ट्री म्यानेजर प्रशान्त पोखरेल भन्छन् । पोखरेलसहित ‘विश्वव्यापी सूचना प्रविधिको प्रवृत्ति र स्थानीय स्तरमा सम्भावना’ विषयक छलफलमा सहभागीहरूले  मानिसको हरेक पक्षसँग सूचना  प्रविधि जोडिएर आएको बताए । 

photo 2 सूचना प्रविधिका वकालतकर्ता हेमपाल श्रेष्ठ पनि प्रविधिको अवसरलाई संस्थागत ढङ्गबाट लैजानुपर्नेमा जोड दिएका छन् । ‘प्रदेश सरकार स्थानीय सरकार र सामाजिक संस्थाहरूले समेत प्रवर्धनका साथ ग¥यौ भने नेपालको भविष्यलाई उज्ज्वल बनाउन सक्छ ।’ उनले भने । 

सूचना प्रविधिबाटै स्टाटअपको क्षेत्रमा लागेका आयुष भगत समेत सूचना प्रविधिको प्रयोगले देशमै रोजगारीको अवसरको क्षेत्र रहेको बताउँछन् । ‘मानिसहरू अहिले पनि विदेश गएकाहरू पनि नेपाल फर्किरहेका छन्, जसले सम्भावना देखिरहेको छ । हामीले सम्भावना देख्यौँ भने रोजगारीकै लागि विदेश जानुपर्ने आवस्यक्ताको समेत अन्त्य हुन्छ ।’ भगतले भने ।

यस्तै आफ्नो व्यवसायबाट सफलता जमाएका खल्ती एपका संस्थापक अमित अग्रवाल भन्छन्, हामी नेपालमै बसेर डलर कमाउन सक्छौँ जबकि अमेरिका गएर डलर कमाउने भन्दा यही बाट कमाउनेको महत्त्व बढी रहन्छ ।’ उनले त्यसका लागि जागरुपता र लगनशीलता आवश्यक रहेको बताए ।  

photo5

अग्रवालका साथै उपाय कार्गोका स्थापक सुमन रायमाझी र खालीसिसिका संस्थापक अमुन थापाले समेत प्रविधिमार्फत आफ्ना सफलताका बारेमा जानकारी गराएका थिए । अवसरसँगै चुनौतीको विषय पनि प्रबल रहेकाले  मानिसहरूले प्रविधिसँगै आफूलाई तयार बनाउनुपर्नेमा माइक्रोसफ्टका प्रमुख प्रविधि विशेषज्ञ समीर थापाले जोड दिए । 

शनिवार कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको सूचना प्रविधि (आइटी समीट) प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले समेत सम्मेलनलाई कोशी प्रदेशको आइटी क्षेत्रमा नयाँ युगको सुरुआतका रूपमा मूल्याङ्कन गर्दै सरकारलाई प्राविधिक विकासतर्फ ऊर्जा थपिएको बताए । 

photo 1

सम्मेलनमा सूचना प्रविधि क्षेत्रमा कोशी प्रदेशका अवसरबारे प्रस्तुति दिँदै दिपेश पोखरेलले जनशक्तिलाई यहीँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी गराए ।
 
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडासहित कार्यक्रममा उद्योगी व्यवसायी र प्रविधि क्षेत्रमा अध्यापन गरिरहेका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मिडिया पार्टनरको रूपमा रहेर यस प्रदेश खबरले समेत भूमिका खेलेको थियो ।

photo 3


 

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार