नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

बुधबार, २३ फागुन २०८०
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालको शौचालयमा नवराज शिशुलाई मृत अवस्थामा फेला पारिएको छ । विराटनगर महानगरपालिका–४ स्थित अस्पतालको आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु मंगलबार राति मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार शौचालयमा राति ११ बजेतिर शिशुलाई मृत फेला पारिएको हो । अन्दाजी ५-६ महिनाको जस्तो देखिने शिशु छोरा हुनसक्ने प्रहरीको अनुमान छ । कसले जन्माएर शिशुलाई शौचालयमा फ्यालेको हो भन्ने खुल्न बाँकी रहेको दाहालले बताए । अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल पठाइएको छ । शिशु जन्माएर फ्याल्ने महिलाको खोजी भइरहेको डीएसपी दाहालले बताए । उनले घटनाको अनुसन्धान सुरु गरेर शिशु जन्माउने महिलाको पहिचानको प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार