श्रमिक महिला दिवस : इटहरी लेडि जेसिजद्वारा मुस्लिम किशोरीहरूलाई सशक्तीकरण

विहीबार, २४ फागुन २०८०
इटहरी- इटहरी लेडि जेसीजले ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मुस्लिम समुदायका किशोरीहरूलाई कानुनी सचेतना र सशक्तीकरण विषयक बृहत् कार्यक्रम सम्पन्न गरेको छ । लेडि जेसिजले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको वार्ड नम्बर १४ को शान्ति सिर्जना स्कुलमा रहेका ७५ जना किशोरीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सम्पन्न गरेको थियो । उपमहानगरपालिका रहेका मुस्लिम किशोरीहरूलाई समेत नेपाल जेसिजको मार्च महिनाको युवा सशक्तीकरण अन्तर्गत रहेर कार्य सम्पादन गर्ने उद्देश्यले इटहरी लेडि जेसिजले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जेसि पुष्पा अधिकारीले जानकारी दिइन। उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता रमेश कुमार पोख्रेल, इटहरी लेडि जेसिजकी पूर्व अध्यक्षहरू उर्मिला कटुवाल,भेषजा काफ्ले प्रमुख वक्ताका रूपमा रहेका थिए । अधिवक्ता पोखरेलले कानुनी सशक्तीकरणमा बाल विवाह, यौन दुर्व्यवहार , घरेलु हिंसाका बारेमा आफ्ना बिचार प्रस्तुत गरेका थिए । यस्तै उर्मिला कटुवाल र भेषजा काफलेले किशोरी अवस्थामा कसरी आफ्नो लक्ष्य मजबुत बनाएर कार्य सम्पादन गर्न सकिन्छ र आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठले लेडि जेसिजले समाजमा रहेर अत्यन्तै उत्कृष्ट कार्य गरेको र यति सूक्ष्म तरिकाले खोज गरी कार्यक्रम गरेकोमा खुसी व्यक्त गरिन । इटहरी लेडि जेसिज वर्ष २०२४ की अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार