मोरङको लेटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ, दुईवटा बन्दुक बरामद

शुक्रबार, २५ फागुन २०८०
विराटनगर । घरमा लुकाएर राखेको भरुवा बन्दुकसहित मोरङको लेटाङबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुईवटा बन्दुक पनि बरामद भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लेटाङ नगरपालिका-२ का २४ वर्षीय रुपेश राईलाई पक्राउ गरिएको हो । घरमा भरुवा बन्दुक लुकाएर राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले राईको घरमा बिहीबार राति ८स-३० बजेतिर छापा हानेको थियो । घरमा बन्दुक भेटिएपछि राईलाई पक्राउ गरिएको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार राईको घरदेखि करिब एक सय मिटर पर ह्युम पाइपमा लुकाएर राखेको अवस्थामा अर्को पनि भरुवा फेला परेको छ । उक्त बन्दुक राईकै हो कि कसले लुकाएर राखेको भन्ने खुलिसकेको छैन । राईलाई लेटाङ प्रहरीको हिरासतमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । भरुवा बन्दुक वन्यजन्तुको चोरी सिकारीमा प्रयोग गर्ने गरिएको हुनसक्ने प्रहरीको अनुमान छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार