इटहरी । राष्ट्रिय वाणिज्य बैङ्क इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको छ । बैङ्कको ‘ख’ वर्गको शाखाहरू मध्ये इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको हो ।
काठमाडौँमा शनिवार सम्पन्न भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ कार्यक्रमको अवसर पारेर इटहरी शाखालाई ख वर्गको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको हो ।
कार्यक्रममा क वर्गको उत्कृष्ट शाखाका रूपमा बानेश्वर शाखा ,ग वर्गको उत्कृष्ट शाखाका रूपमा दुहबी शाखा,घ बाट बेल्टार शाखा र ङ वर्गको उत्कृष्ट शाखाका रूपमा चौमाला शाखा सुदूरपश्चिम लाई सम्मान गरिएको हो । कार्यक्रममा ग वर्गको उत्कृष्ट शाखा पाउने दुहबी शाखा देशभरिबाटै सर्वोत्कृष्ट शाखाका रूपमा सम्मानित भएको छ ।
दुहबी शाखाले कुल ७९.१७ प्रतिशत अङ्क ल्याएर सर्वोत्कृष्ट भएको हो । कार्यक्रममै देशभरिकै शाखाहरूबाट उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित २३ ओटा विभाग मध्येबाट संस्थागत तथा साना मझौला कर्जा विभागकी सोनी श्रेष्ठ सम्मान भएकी छिन ।
यसैगरी कोशी प्रदेशबाट उत्कृष्ट कर्मचारीका रूपमा इटहरी शाखाकी सहायक प्रबन्धक यमुना गौतम,विराटनगर शाखाका क्षितिज श्रेष्ठ,इनरुवा शाखाका गौरव निरौला,खोटाङ दिक्तेल शाखाका अमृतकुमार सैजु सम्मानित भएका छन् । यस्तै देशभरिबाटै उत्कृष्ट हुने शाखा प्रबन्धकहरूलाई समेत सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरूमा दरबार मार्ग शाखाकी पुष्पाकुमारी खनाल, वीरगन्ज शाखाका नरसिंहनारायण यादव, बालाजु शाखाका महेन्द्र गुरुङ ,बेलौरी शाखा टिकाराम बुढा,बेलबारीका शाखा शिव पौडेल,सिजुवा शाखाका प्रबन्धक अनिल भण्डारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट बैङ्क पुरस्कार बैङ्कका उप कार्यकारी अधिकृत दिबेशप्रसाद लोहनी सम्मानित भएका छन् । सम्मानित सबैलाई सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुंगानाले सम्मान प्रदान गरेका थिए ।
प्रतिक्रिया