इलाम / सूर्योदय नगरपालिका वडा नं १० का ज्येष्ठ नागरिकलाई रेडियो वितरण गरिएको छ । वडाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक र दलित लक्षित कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिकहरूलाई रेडियो वितरण गरिएको हो ।
सिङ्गो जनप्रतिनिधि र कर्मचारीको टिम घरघरमा पुगेर रेडियो वितरण गरिएको जनाइएको छ । वडामा रहेका नागरिकको घरघरमा पुगेर रेडियो वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले बताए ।
उनले रेडियो प्राप्त गर्ने ज्येष्ठ नागरिकले मोबाइल प्रयोग गर्न नजान्ने भएकाले रेडियो प्रदान गरेको बताए ।
सूचना तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सहज हुने विश्वासका साथ सो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
मोबाइल प्रयोग गर्न नजानेका बृद्धबृद्धाका लागि सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
एकान्तको साथी समेत भएका कारण पनि रेडियो वितरण गरिएको बताइएको छ ।
प्रतिक्रिया