इलाम चारद्वारा किसानलाई बेसारको बिउ वितरण

शुक्रबार, ०९ चैत्र २०८०
इलाम / इलाम नगरपालिका वडा नम्बर–४ ले किसानलाई बेसारको बिउ वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमका बिच कृषकलाई बिउ वितरण गरेको हो । बाँदर प्रभावित क्षेत्रका बासिन्दालाई बेसारको बिउ वितरण गरिएको वडा अध्यक्ष नुतनदेव दुलालले बताए । उनका अनुसार बाँदरले अन्नबाली तथा अन्य खाद्यान्न खाएर दुख दिन थालेपछि किसानलाई बेसारको बिउ वितरण गरिएको हो । वडा भित्रका एक सय ७० जना कृषकलाई रैथाने जातको ५०० किलो बेसारको बिउ वितरण गरिएको वडाध्यक्ष दुलालको भनाई छ । बेसार बाँदरले नखाने भएकाले पनि यसको उत्पादनमा किसान लाग्नु पर्ने बाध्यता आएको छ । उत्पादित बेसारको बाहिर निकासीमा समेत वडाले सहयोग गर्ने बताइएको छ । वडाले विभिन्न समयमा विभिन्न प्रकारका विउबिजन वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार