रोङ गाउँपालिकाद्धारा गुणस्तरहीन पर्खाल भत्काइयो

शनिबार, १० चैत्र २०८०
इलाम / रोङ गाउँपालिकाले गुणस्तरहीन काम गरेको पाएपछि निर्माणाधीन पर्खाल भत्काएको छ । वडा नम्बर ३ को शान्तिनिकेतन माध्यमिक विद्यालयको निर्माणाधीन पर्खाल भत्काएको हो । निर्माण कार्यमा गुणस्तर नभएको भन्दै गाउँपालिकाले डोजर प्रयोग गरेर संरचना भत्काएको बताइएको छ । सयाहांग निर्माण सेवा इलामले निर्माण गर्दै आएको कार्यमा मापदण्डभन्दा बढी ढुङ्गा प्रयोग गरेको पाइएपछि सो संरचना भत्काइएको गाउँपालिका प्राविधिक शाखाका इन्जिनियर मिलन गिरीले जानकारी दिए । निर्माण कम्पनीले गुणस्तरहीन निर्माणको काम गरेको, कार्यालयको  निर्देशन पालना नगरेको, ब्याकफिलिङ्ग गर्दा बाहिरी वाल ढल्केको र फुटेको पाइएपछि भत्काएको बताइएको छ । निर्माणाधीनमध्ये ४४ मिटरमा वाल गुणस्तरहीन फेला परेको हो । करिब  ११ लाख भन्दा माथिको लागतको वाल भत्काउन लगाएर बनाउन लगाइएको छ । निर्माण व्यवसायी जिम्मेवार भएर काम गर्नु पर्ने भन्दै यसका लागि गाउँपालिकाले खबरदारी गरिरहेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले बताए । उनले गुणस्तरहीन काम भएमा जनप्रतिनिधिलाई दोष जाने भएकाले पनि खबरदारी गरेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार